डेराबाट स्थाई घरमा बसाई सर्दै

“साहित्य संग्रहालय” आफ्नो यस डेराबाट स्थाई घर (www.SahityaSangraha.com) मा बसाई सरेको सहर्ष जानकारी गराउँदछौ ।

कृपया अब उप्रान्त सम्पूर्ण रचनाको रसास्वादन गर्न

www.SahityaSangraha.comमा

आमन्त्रण गर्दछौ ।

– साहित्य संग्रहालय

Advertisements
Posted in Misc | Tagged | टिप्पणी छोड्नुहोस्

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली कथा | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ Awdesh Kumar
अनु : लक्ष्मण अर्याल

उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ |

मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका साथ यसरी हेरेँ जसरी मेरो छोरो आकाशको उंडिरहेको चंगा हेर्छ | पढ्नेक्रम जारी राख्नुहोस्

Posted in अनूदित लघुकथा | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गजल : मनको पिर धुन्न

~भूपेन्द्र महत~Bhupendra Mahat_1

धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न

माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न पढ्नेक्रम जारी राख्नुहोस्

Posted in गजल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

गजल : र टेक्यौ जलाई

~विजय योजीत~Bijaya Yojit

जलें हूँ म काँटी र टेक्यौ जलाई
बुझें जिन्दगानी छ जस्तै सलाई !

निभायौ तिमीले कि आँधी चलेथ्यो
थिएँ या म आफैं मधूरो बलाई ! पढ्नेक्रम जारी राख्नुहोस्

Posted in गजल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~Rakesh Karki

कुर्सीको मोह हुनेहरु अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गीत : किन आउँथ्यो याद तिम्रो

~रामनाथ घिमिरे~Ramnath Ghimire

किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए
तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए
प्रीत रोपी फूल रोपेर, नगोडेको भए
फूलेपछि बगरमा, नछोडेको भए

छेपारोले जस्तै रंग फेर्यौ बेइमानी
धनकै लागि विश्वासघात गर्यौ बेइमानी
आज तिमीले मेरो साथ नछोडेको भए पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली गीत | Tagged , , , | टिप्पणी छोड्नुहोस्

लघुकथा : वास्तविक रूप

~सिन्धु गौतम~Sindhu Gautam

बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in लघुकथा | Tagged , , , | टिप्पणी छोड्नुहोस्

कविता : हाम्रो दायित्व

~देवी नेपाल~Devi Nepal

भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू
भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू
ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो
गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो ।

फोस्रा ढोँग भए अनन्त रचना लेखिन्न माटो जहाँ
अन्धाधुन्ध हिँडेर पुग्नु र कहाँ देखिन्न बाटो जहाँ
दाँजोमा अब पुग्नुपर्छ सृजना त्यो विश्वसाहित्यको
हाम्रा काव्यकला सिँगार्नु छ अझै दायित्व हाम्रै त हो । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गीत : बस्छु म त हिमालको छायाँमा

~प्रेम विनोद नन्दनPrem Binod Nandan

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली माया पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली गीत | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गीत : कहिलेकाहीं म हाँस्छु

~नीर शाह~Neer Shah

कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु
जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु

न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ
आफ्नो जीवनका पीडाहरुलाई
कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली गीत | Tagged , , , | टिप्पणी छोड्नुहोस्

गजल : रुन्छु म त यथार्थमा

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

मिलनलाई कल्पी कल्पी रुन्छु म त यथार्थमा
भेटिएकै अमूल्य क्षण बुन्छु म त यथार्थमा

तिम्रो यादमा बिक्षिप्त भई कल्पनामा हराउँदै
उर्लिदिन्छ प्यारको भेल चुम्छु म त यथार्थमा पढ्नेक्रम जारी राख्नुहोस्

Posted in गजल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

गजल : यतिकै मिठा लाग्छन्

~निशा प्रतीक्षित~Nisha Pratikshit

कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन्
अधुरा ती रहर सबै अधुरै मिठा लाग्छन्

भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि
कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन् पढ्नेक्रम जारी राख्नुहोस्

Posted in गजल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

संस्मरण : ग्रामीण वर्गसंघर्षमा सुन्तिसलाल कारवाही

~श्यामकुमार बुढामगर ‘चिन्तन’~Shyam Kumar Budha Magar Chintan

समयले आज हामीलाई जुन ठाउँमा उभ्याएको छ र भोलि कहाँ पु-याउँछ ? त्यो कुरा अहिल्यै भन्न सकिन्न । आजका मितिसम्म हामी जे छौं र भोलि के हुन्छौं ? त्यो पनि भन्न गाह्रो छ । जीवन संघर्षको मोडहरुले मानवजीवनलाई कहाँ पु-याउँछ ? त्यो भन्न सकिने विषय रहेनछ । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in संस्मरण | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

कविता : याद

~जे पि दाहाल~J P Dahal

तिमी कहाँ जाने होला,म कहाँ जाने हो
दोवाटोमा भेट भयो,माया केलाई लाउने हो ।
भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन
दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।।

तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं
जीवन हाम्रो एक भए दिल भिन्ना भिन्न भनौै पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

बाल कथा : पुतलीको मामाघर

~रत्‍न प्रजापति~Ratna Prajapati

छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’

छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी चाँडै मामाघर जाने। हामी मामाघर जाँदा धेरै राम्राराम्रा फूलहरू फुलेका हुन्छन्।  पढ्नेक्रम जारी राख्नुहोस्

Posted in बाल कथा | Tagged , , , | टिप्पणी छोड्नुहोस्

हास्य-व्यङ्ग्य : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~Rajesh Rai

भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि।

आमा – के कुरा ?

केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै भाषा पनि लेखाउनु पर्ने।

आमा – किन त्यसले के फरक पार्छ र ? पढ्नेक्रम जारी राख्नुहोस्

Posted in हास्य - व्यङ्ग्य | Tagged , , , | टिप्पणी छोड्नुहोस्

गीत : एक अँजुली घाम

~हिरण्य भोजपुरे~Capture3

आस्थाको मान्द्रोमा
सुकाएको छु
एक अँजुली घाम पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली गीत | Tagged , , , | टिप्पणी छोड्नुहोस्

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~Rupesh Shrestha

आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन।

शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो दृश्यांस । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली कथा | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गीत : म छिट्टै आउने छु

~बाबु लामा~Babu Lama

मलाई सम्झी नरुनु है आमा
म फर्की आउने छु !
हलो र जुवा काँधाम बोकी आफ्नै
खेत बारी धाउन छु !
असारे गीत गाउदै फेरी मर्सी धान
लाउने छु !

त्यो तिम्रो हातले पकाएर दिएको पढ्नेक्रम जारी राख्नुहोस्

Posted in नेपाली गीत | Tagged , , , | टिप्पणी छोड्नुहोस्

गजल : नियती

~दयामोहन आचार्य~

पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम
हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम

जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने
जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम पढ्नेक्रम जारी राख्नुहोस्

Posted in गजल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

कविता : म सगरमाथा

~बासु श्रेष्ठ~SONY DSC

सागरलाई थिचेर अनि सगरलाई चिरेर
बसेको छुँ साँधमा नेपाललाई बेरेर
उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै
साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै

चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई
वायू शीत हिउँ सब रोक्न खोज्छन् मलाई
मेरो छाती खुल्ला छ टेक्न छुट् छ सबलाई पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

कविता : जीवन किन यस्तो ?

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

जसै गरी पनि शान्त नहुने मानव मन
जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन
अन्तमा के छ यहाँ मन को शान्ती जहाँ
प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ !

एक दुई र तीन पाइला बढ्दा खुशी को लहर
चौथोमा पटक पटक गुनसा को पहाड र दर्कार
कुन ठाउमा हो त्यो लक्ष को आशाको पर्खाल
लौ कसरी बुझौ म के हो खुशी र जिबन को आधार !! पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged , , , , | टिप्पणी छोड्नुहोस्